संगालोखबर सम्वाददाता


विराटनगर । सामाजिक उपेक्षा सहन गर्दै आएका तेस्रोलिङ्गीहरुले पूर्ण अधिकार सुनिश्चितताकोे माग गर्दै र्याली निकालेका छन् । एक वर्षयता विभिन्न कारणले ज्यान गुमाएका साथीहरुको सम्झनामा सोमबार गाईजात्राको अवसर पारेर उनीहरुले र्याली निकालेका हुन् ।

विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पस अगाडिबाट निस्किएको र्याली बसपार्क, महेन्द्र चौक र ट्राफिक चौक हुँदै संसारी माईस्थान पुगेर समापन भएको थियो । र्यालीका क्रममा उनीहरुले वैवाहिक समानतालाई कानुनी मान्यता देउ, मलाई तेस्रोलिङ्गी हुनुमा गर्व छ, लिङ्ग, जात, धर्म र वर्णको आधारमा भेदभाव नगरौं, मेरो शरीर मेरो अधिकार, शिक्षा, स्वास्थ्य र रोजगार समावेशी होस तथा हाम्रो संस्कृति हाम्रो पहिचान लगायतका नारासमेत घन्काएका थिए ।

Advertisement

तेस्रोलिङ्गीको सवालमा संविधानले सुनिश्चत गरेका प्रत्येक हक र अधिकार कार्यान्वयन हुनुपर्ने तथा राज्यस्तरबाटै भइरहेको भेदभावकोसमेत अन्त्य हुनुपर्ने उनीहरुको माग थियो । र्यालीलाई सम्बोधन गर्दै ब्लु डायमन्ड सोसाईटी विराटनगरकी अध्यक्ष मुस्कान श्रेष्ठले समाजका कारण वर्षभरि आफ्नो पहिचान लुकाउँदै तेस्रोलिङ्गीहरुले यस दिनलाई आफ्नो पहिचान खुलाउने दिनका रुपमा लिने गरेको जानकारी दिइन् ।

ब्लु डायमण्ड सोसाईटी र राईट हियर राईट नाउ नामक संस्थाद्धारा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमलाई अमेरीकी दुतावासलेसमेत सहयोग गरेको छ । मोरङमा करिव १५ हजार तेस्रोलिङ्गी रहेको सोसाईटीको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!