
विराटनगर । प्रदेश –१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव भीम आचार्यका भाई राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन् । सुनसरीको इनरुवा–३ बख्खुटोलस्थित घरमा बिहीबार बिहान ५९ वर्षीय आचार्य मृत फेला परेका हुन् ।
बिहान अबेरसम्म ढोका नखुलेपछि करिब साढे ११ बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनी सुतेको कोठामा किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ । बेलुका श्रीमतीसँग गफगाफ गरेर अलग्गै सुतेका आचार्य बिहान मृत भेटिएका हुन् ।
एमाले सचिव आचार्य आजै प्रदेश–१ को संसदीय दलको नेतामा चयन भइसकेका छन् । उनले आजै मुख्यमन्त्रीको सपथ खाने तयारी भइरहेको छ ।