
इलाम । इलाममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रोङ गाउँपालिका–६ सलकपुरकी ५० बर्षीया मैस्याङ तामाङ छन् ।
घाँस काट्नका लागि विद्युतको लाइनमा मेसिन जोड्न जाँदा मेसिनमाथि राखिएको स्वईटर बेरिएको थियो । स्वईटर निकाल्ने क्रममा करेन्ट लाग्दा उनी घाइते भएकी थिइन् । उनलाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।