संगालोखबर सम्वाददाता

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ४२९ र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा ३४० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरंगमा १४५, सुनसरीमा ८६, इलाममा १६, पाँचथरमा १२, धनकुटामा ८, उदयपुरमा ३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

Advertisement

झापाको दमकमा ३२, विर्तामोडमा २८, भद्रपुरमा १८, अर्जुनधारामा १७, मेचीनगरमा १२, कनकाईमा १०, शिवसताक्षीमा ९, बुद्धशान्तिमा ८, हल्दिबारीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा ३, गौरीगञ्जमा २ र स्थानीय तह नखुलेका १, मोरंगको विराटनगरमा ४५, पथरीशनिश्चरेमा ३१, लेटाङमा १७, बेलबारीमा १४, सुन्दरहरैचामा १३, उर्लाबारीमा ८, बुढीगंगामा ५, रंगेली र कानेपोखरीमा ३/३, मिक्लाजुङ र रतुवामाईमा २/२, कटहरी र केराबारीमा १/१ जना संक्रमित भएका छन् । त्यस्तै सुनसरीको इटहरीमा ४३, धरानमा २३, बराहक्षेत्रमा ५, इनरुवामा ४, रामधुनी, हरिनगर, दुहवी र बर्जुमा १/१ र स्थानीय तह नखुलेका ७, इलामको इलाम नगरपालिकामा ११, मांसेबुङ र चुलाचुलीमा २/२, फाकफोकथुममा १ जनामा संक्रमण देखिएको हो ।

यता, पाँचथरको फिदिममा ८, कुम्बायकमा ३, फाल्गुनन्दमा १, धनकुटाको धनकुटामा ४, छथरजोरपाटीमा २, साँघुरीगढी र शहिदभूमीमा १/१, उदयपुरको उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर नगरपालिका २, संखुवासभामा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५२ महिला र २३३ पुरुष छन् । पछिल्लो २४ घण्टामा ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!