
पाँचथर । पाँचथरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा फिदिम नगरपालिका–८ घलेगाँउका ६५ बर्षीय पदम बहादुर राई छन् ।
सोमबार साँझ साढे ७ बजे उनी मलामी गएर घर फर्कदै थिए । सोही क्रममा फिदिम–१४ बाँसबोटेमा रहेको भीरबाट लड्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार भीरबाट करिव १०० मिटर तल मृत अवस्थामा राईलाई उनकै छोराले फेला पारेका थिए ।
घटनास्थलमा प्रहरी टोली गई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।