संगालोखबर सम्वाददाता

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले ११ जनालाई सल्लाहकारमा मनोनयन गरेको छ । विहिवार सम्पन्न कार्यसमितिको वैठकले पूर्व अध्यक्ष र अग्रज पत्रकारहरुलाई सल्लाहकारमा मनोनयन गरेको हो ।

Advertisement

मनोनित हुँनेहरुमा महासंघ जिल्ला शाखाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राई, पूर्वअध्यक्षहरु गोपालप्रसाद अधिकारी, विजय सन्तोषी राई, मोहन वान्तवा, खगेन्द्र प्रसाद घिमिरे, अग्रज पत्रकारहरु सिद्धराज राई, रमेशचन्द्र अधिकारी, सन्तवीर लामा, स्मिता निरौला, भेषराज कटेल र सन्तोष रुचाल छन् । गत चैत २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट नयाँ कार्य समिति चयन भएको हो । कोरोना महामारीका कारण बैठक बस्न ढिलाई हुँदा चुनाव सकिएको चार महिनापछि सल्लाहकार मनोनयन गरिएको हो ।

बैठकले पत्रकार कल्याणकारी कोषको समिति पनि परिवर्तन गरेको छ । कोषको संयोजकमा महासंघका सचिव हरिबहादुर लम्जेल चयन भएका छन् । समितिको सदस्य सचिवमा रबिन कटेल, सदस्यहरुमा आशिष लिम्बु, शर्मिला राई, विश्वराज श्रेष्ठ, आकृति राई र मनिषा पोखरेल चयन भएका छन् ।

त्यस्तै वैठकले कोरोना संक्रमित संचारकर्मीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा समस्या व्यहोरेका संचारकर्मीहरुलाई आर्थिक सहयोगका लागि पत्रकार महासंघ प्रदेश तथा केन्द्रिय समिति र प्रादेशिक संचार प्रतिष्ठानमा समन्वयका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै, महासंघको संस्थागत विकासका लागि बार्षिक कार्ययोजना तयार गर्न महासंघका उपाध्यक्षद्वय विदुर खवास र देवकला कार्कीलाई जिम्मा दिने निर्णय पनि भएको जिल्ला अध्यक्ष नगेन्द राईले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!