संगालोखबर सम्वाददाता

विराटनगर । प्रदेश १ एमाले संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरमा बसेको एमाले संसदीय दलको बैठकले भीम आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

Advertisement

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएका हुन् । ।  मुख्यमन्त्री राईले राजीनामा दिएलगत्तै दलको बैठकले औपचारिक रुपमा दलको नेता भीम आचार्यलाई बनाएको र आजै मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेशप्रमुख समक्ष सिफारिस गर्ने तयारी थालेको हो ।

आचार्यलाई आजै मुख्यमन्त्रीको रुपमा सपथग्रहण गराउने तयारी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!