सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । सरकारी स्वास्थ्य सामाग्रीमा कांग्रेसको चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै मंगलबार नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटामा विरोध प्रदर्शन गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त स्वास्थ्य सामाग्रीलाई सूर्य बहादुर थापा प्रतिष्ठानको नामबाट सुनिल बहादुर थापा मार्फत नेपाली कांग्रेसको नाम र चुनाव चिन्ह टाँसेर राजनीतिकरण गरिएको भन्दै विरोध प्रदर्शन गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिका–६ भीमनारायण चौकस्थित होटल प्यासिफिक–३ मा अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, साबुन लगायत स्वास्थ्य सामाग्री भण्डारण गरेर राखिएको छ । सोही होटल परिषरमा भेला भएर एमाले नेता, कार्यर्काले दिउँसो विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राईसहितका नेताहरु पनि सहभागि थिए । ‘कोभिडको महामारीमा सत्ताको राजनीति बन्द गर, सरकारी सम्पत्ति दुरुपयोग गर्न पाईदैन’ जस्ता नारा लगाउँदै एमाले नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

कांग्रेस सह–महामन्त्रीसमेत रहेका थापाले सत्ताको आडमा सरकारी सम्पत्तिमाथि राजनीति गरेको एमालेको आरोप छ ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!