लेगुवामा लक्ष्मी बैंकको सेवा
धनकुटा, २५ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाको राम बजारमा लक्ष्मी बैंकले सेवा सुरु गरेको छ । स्थानीय नागेश्वरी मनि ट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र लक्ष्मी बैंक हिले शाखाका प्रमुख ज्वतीहाङ राईले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका छन् ।
यो सेवा सुरु भएपछि अव लेगुवा बजारबाट बचत, ऋण लगानीसहित बैंकले प्रदान गर्...






























