बिरामी बोकेको एम्बुलेन्स दुर्घटनाः पाँच जना घाइते
विराटनगर, २९ मंसिर । मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७ मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश नं–१ को विराटनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक इलाम–६ बस्ने सुनील राईको अवस्था गम्भीर रहेको र एम्बुलेन्समा सवार सोही ठाउँका शिशिर शे...




















