- संगालोखबर सम्वाददाता

धनकुटा, २५ मंसिर । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवाको राम बजारमा लक्ष्मी बैंकले सेवा सुरु गरेको छ । स्थानीय नागेश्वरी मनि ट्रान्सफरसँगको सहकार्यमा शाखारहित बैंकिङ सेवा सुरु गरिएको हो ।

Advertisement

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल र लक्ष्मी बैंक हिले शाखाका प्रमुख ज्वतीहाङ राईले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका छन् ।

यो सेवा सुरु भएपछि अव लेगुवा बजारबाट बचत, ऋण लगानीसहित बैंकले प्रदान गर्ने सवै काम हुँने नागेश्वरी मनि ट्रान्सफरका सञ्चालक केशव कार्कीले संगालोखबरलाई जानकारी दिएका छन् ।

हिलेमा शाखा रहेको लक्ष्मी बैंकले यसअघि मौनावुधुक, आँखिसल्ला, जोरपाटी र सिधुवाबाट शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।अव लेगुवासहित ५ स्थानबाट प्रभावकारी रुपमा शाखा रहित बैंकिङ सेवा प्रदान गरिने लक्ष्मी बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!