संगालोखबर सम्वाददाता

धनकुटा, २३ मंसिर । धनकुटा प्रतिनिधिसभामा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार राजेन्द्र राई बिजयी भएका छन । ३७ हजार ३ सय ३३ मतसहित राई प्रतिनिधि सभा सदस्यमा बिजयी बनेका हुन ।

उनका निकटतम प्रनिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सुनिलबहादुर थापाले २६ हजार ८ सय ७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विनोद कुमार पोख्रेलले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

१० हजार ४ सय ५९ मतान्तरले राई बिजयी बनेका हुन ।
यता धनकुटाका दुवै प्रदेशसभामा पनि बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बिजयी बनेका छन । प्रदेशसभा क मा एमालेका निरन राई र ख मा एमालेकै ईन्द्रमणी पराजुली बिजयी बनेका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!