ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधिसभा तर्फ यज्ञराज सुनुवार भारी मतान्तरले बिजयी भएका छन् । बाम गठबन्धन उम्मेद्वार तथा एमाले नेता सुनुवार ३२ हजार ५ सय ८० मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहरी खतिवडालाई ५ हजार २ सय ५३ मतले पछि पारेका छन् ।

Advertisement

खतिवडाले २७ हजार ३ सय २७ मत ल्याएका छन् । बिजयी उम्मेद्वरबारे औपचारीक घोणना हुने तयारी भैरहेको छ ।

ओखलढुंगाको प्रदेशसभा अन्तरगत क्षेत्र नं क १ तर्फपनि बाम गठबन्धनका तर्फबात एमाले उम्मेद्वार अम्बिरबाबु गुरुङ बिजयी भैसकेका छन् । अहिले प्रदेशसभा १ ख  को मगणना जारी छ ।

पछिल्लो परिणाम यस क्षेत्रमा पनि बाम गठबन्धनका माओवादी केन्द्रका उम्मेद्वार मोहन खड्का हिमशिखर झिनो मतले रहेका छन् । उनलाई नेपाली नेपाली काग्रेसका प्रदीप सुनुवारले पछ्याईरहेका छन् ।

८ हजार ७ सय ३७ मत गनिसक्दा खड्काको ३ हजार ७ सय ८५ भएको छ भने सुनुवारको ३ हजार ७ सय ४१ भएको छ । त्यस्तै स्वतन्त्र उम्मेद्वार ज्ञनेन्द्र रुम्दालीको  १ हजार ३ सय ८९ र संघिय समाजवादी फोरमको १ सय ८६ मत भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!