हलेसीगढी उत्खनन गर्न पुरातत्व विभागसमक्ष आग्रह
खोटाङ, ६ वैशाख । हलेसी तुवाचुङ नगरपालिकाले करीब ३५० वर्ष पुरानो गढी उत्खनन गर्न पहल थालिएको छ । हलेसी क्षेत्रमा राजकीय जग बसाएका होलैसुङको नामबाट चिनिने गढीको अस्तित्व र संरचनालाई संरक्षण गर्दै त्यसको ऐतिहासिक महत्वलाई उजागर गर्न वडा नं ५ दुर्छिमस्थित हलेसीगढी उत्खननका लागि नगरपालिकाले पुरातत्व विभागलाई आग्रह गरेको छ ।
ऐतिहासिक गढीको संरक्षण र संवद्र्धन गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्न गढी...






























