सुरुङ्गा, झापा, ३ वैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ ।

Advertisement

कचनकवल गाउँपालिकास्थित बनियानीमा आज आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!