धनकुटा, ५ वैशाख । करिव एक दशक अघिसम्म गुमनाम अवस्थामा रहेको धनकुटाको नमस्ते झरना अहिले आन्तरिक तथा वाह्रय पर्यटकको लागि प्रमुख गन्तव्य स्थल वन्दै गइरहेको छ । झरना स्थल पुग्ने भौतिक पूर्वाधार निर्माण र प्रचारप्रसार भएसँगै नमस्ते झरनामा दैनिक सँयौंको घुइचो लाग्ने गर्छ ।

Advertisement

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ स्थित नमस्ते झरना यतिबेला आन्तरीक तथा बाह्र्य पर्यटकको मुख्य आकर्षण बनेको छ । एक दशक अघिसम्म पर्यटकनै नपुग्ने सो स्थानमा अहिले भने दैनिक आन्तरीक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरहेको हो । सुरु सुरुमा घना जंगलभित्र रहेको सो झरना पुग्न जो कोही व्यक्ति पनि डराउने गर्थे ।

तर समयले कोल्टे फेरेसँगै सोही घना जंगल भित्रको झरना आन्तरिक तथा वाह्रय पर्यटकको लागि पर्यटकीय केन्द्र वनेको छ । सिम्सुवा खोलामा रहेको नमस्ते झरना हेर्न दैनिक संयौंको भीड लाग्ने गर्छ ।

नयाँ बर्षको पहिलो दिननै १५ हजार भन्दा बढि पर्यटकले अबलोकन गरेको सो झरनामा दोस्रो दिन पनि उत्तिकै भिड थियो । गर्मि मौसम सुरु भएसँगै यस क्षेत्रमा अव दिनहुँ आन्तरिक तथा वाह्रय पर्यटकको भीड देखिन्छ ।

तराईका मुख्य बजार इटहरी, विराटनगर, धरान, झापाका सार्थै भारतको सीमावर्ति बजार जोगमुनि, सिक्किम, दार्जिलिङ, विहारवाट सयौ संख्यामा पर्यटकहरु यहाँ आउने गरेका छन् ।  झरना निक्कै आकर्षक भएकोले आफहरुलाइ लोभ्याएको पर्यटकको भनाइ छ ।

कोशी राजमार्ग देखि ३० मिनेटको पैदाल यात्रा पछि नमस्ते झरना पुग्न सकिन्छ । नमस्ते झरना करिव ८० मिटर माथिबाट खस्दछ । पर्यटकको चहलपहल वढेसँगै यहाँ दुई दर्जनको हाराहारीमा होटल सञ्चालनमा छन् ।

पर्यटकको चाँपलाइ मध्यनजर गदै  झरनासम्म पुग्नको लागि पर्यटन पूर्वाधार कार्यालय काँकडभिट्टा, जिल्ला समन्वय समिति, साँगुरीगढी गाउँपालिका, वडा कार्यालय र स्थानीय वासिन्दाले जनश्रम दान गरी पूर्वाधार निर्माण गरेका छन् ।

नमस्ते झरनासम्म पुग्न पुल, बाटो, शौचालय, रेलिङ्ग, चेन्जीङ्गरुम, गेट लगायतका पुर्बाधार समेत निर्माण गरिएको छ । यतिबेला नमस्ते झरना धनकुटाको महत्बपुर्ण पर्यटकिय स्थल बन्दै गएको छ ।

https://youtu.be/x03_bTYyCG8

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!