- ईश्वर थापा/संगालोखबर

धनकुटा, ४ बैशाख । हावाहुरी र वर्षासँगै मंगलबार अपरान्ह परेको चट्याङ लागेर धनकुटामा एक जनाको मृत्यु भएको छ ।

Advertisement

चट्याङ लागेर पाख्रीवास नगरपालिका–२ की ३४ वर्षीया कोपिला आले मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते भएकी मगरलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा साँझ करिव ६ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!