- संगालोखबर सम्वाददाता

विराटनगर, ४ बैशाख । छोराको उपचार गर्ने पैसा नहुँदा पीडा झेल्दै आएकी मोरङको पथरीशनिश्चरे–१० जिरिखिम्तिकी भीमा लिम्बुको मुहारमा अहिले पुनःखुशी देखिन थालेको छ ।

दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले उपचारका लागि पैसाको जोहो गर्न नसक्दा ५ बर्षीय छोरा सौजनलाई गुमाउनुपर्ने अवस्था थियो । तर, विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्माले सौजनको उपचारमा साथ दिएपछि लिम्बु परिवारको यो पीडा खुःशीमा बदलिएको हो ।

Advertisement
उपचारपछि निको भएर साथिहरुसँग खेल्दै बालक ।

घर बनाउँने काममा ज्याला मजदुरी गरेर दुई छाकको जोहो गर्दै आएको लिम्बु परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय छ । आफ्नो घर नहुँदा खोला किनारमा रहेको अर्कैको बाँसको टहरोमा मासिक ५ सय भाडा तिरेर जिबिका गर्दै आएका छन् ।

दुई छाक टार्नसमेत गाह्रो भईरहेको अवस्थामा कान्छो छोरा सौजनको क्षयरोगका कारण फोक्सो कुहिएपछि फोक्सोको आधा भागनै काट्नुपर्ने अवस्था आयो । दयनीय आर्थिक अवस्थाको लिम्बु परिवारले छोराको उपचार गर्न सक्ने अवस्था थिएन ।

तर, नोबेल अस्पताल सञ्चालक डा.शर्माले उपचारका क्रममा आवश्यक सवै सहयोग गरेर छोरा बचाईदिएको आमा भीमा लिम्बुले बताएकी छन् । ‘पैसा नभएर उपचार गर्न नसक्दा छोरालाई त्यसै घर फर्काउँन लागेका थियौ ।’ भीमाले भक्कानिदै भनिन् ‘धन्न सुनिल सरको साथ पाएकाले छोरालाई जिउँदो देख्न पाएको छु ।’

बिगतको पीडा सम्झिएर रुदै बालककी आमा ।

फोक्सो कुहिएर श्वासप्रश्वास असहज भएपछि सौजनलाई नोबेल अस्पताल ल्याईएको थियो । नोबेलमा १५ दिनको उपचारबाट पनि ठिक नभएपछि सौजनको फोक्सोको आधा भाग नै काट्नुपर्ने भयो । नोबेलमा फोक्सो काट्ने उपकरण नभएपछि उनलाई धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगेर फोक्सोको आधा भाग नै काटेर फालिएको छ ।

सौजनको उपचारका क्रममा डा.शर्माले सम्पूर्ण उपचार खर्च बेहोर्नुका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराएका छन् । बच्चाको उपचारका क्रममा परिवारलाई खानाको ब्यवस्थासमेत शर्माले नै मिलाईदिएका थिए ।

नोबेलका उपचारका क्रममा बालक ।

डा.शर्माले नै एम्वुलेन्स ब्यवस्था गरी घोपा पठाएर त्यहा लागेको सम्पूर्ण खर्च पनि आफैले बेहोरी छोरालाई जिवनदान दिएको भीमाले बताएकी छन् ।

उपचारपछि अहिले सौजनको अवस्था सामान्य छ । डा.शर्माले बच्चालाई नयाँ जिवन दिएको भन्दै स्थानीयले पनि खुशी ब्यक्त गरेका छन् । शर्माले धेरै विपन्न विरामीलाई नयाँ जिवन दिएको भन्दै जिरिखिम्तीका स्थानीय अर्जुनप्रसाद पोख्रेलले पनि शर्माको सेवाभावको प्रसंसा गरे ।

बेल्चा हान्दै विरामी बालकका वुवा ।

यता नोबेल अस्पताल सञ्चालक डा.शर्माले उपचार गर्न नसक्दा बच्चा गुमाउँनुपर्ने अवस्था आएको थाहा पाएर सहयोग गरेको प्रतिक्रिया दिएका छन् । ‘बिपन्न विरामीलाई सहयोग गर्न पाउँदा मलाई गर्ब लाग्छ ।’ डा. शर्माले भने ‘मैले सकेसम्म सदैब बिपन्न विरामीलाई सहयोग गर्नेछु ।’

शर्माले यसअघि पनि हजारौ विपन्न विरामीलाई निःशुल्क उपचारको ब्यवस्था गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!