संगालोखबर सम्वाददाता

धरान, २१ बैशाख । यातायात बन्द गराउँदै गरेका नौ जनालाई प्रहरीले सुनसरीको धरानबाट पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्ण प्रसाद सुवेदी, उपाध्यक्ष श्याम प्रसाद कट्टेल, महासचिव नेत्र बहादुर थापा र पूर्वाञ्चल बस व्यवसायी संघका मोहनमणी बराल छन् ।

त्यस्तै संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, उपाध्यक्ष पदम सुन्दर लिम्वु, सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट र कोषाध्यक्ष सुमन थापालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिएका छन् । भानुचौकबाट पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

सरकारले गत चैत १८ गते जारी गरेको निर्देशिका सरोकारवाला पक्षलाई नराखि एकतर्फी ढंगले जारी गरिएकाले त्यसको खारेजी गरि सरोकारवाला पक्षलाई राखेर निर्देशिका बनाउनु पर्ने माग गर्दै यातायात व्यवसायीले शुक्रबार नेपाल बन्द आव्हान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!