- संगालोखबर सम्वाददाता

धनकुटा, २० बैशाख । नेपाल पत्रकार महासंघको आसन्न प्रदेश अधिबेशनका कारण धनकुटामा पनि पत्रकारहरुवीच चुनावी सरगर्मी बढेको छ । बैशाख २२ गते हुने प्रदेशको पहिलो अधिवेशनले चुनावी माहोल तातिएको हो ।

अधिवेशनका लागि धनकुटाबाट तीन जना चुनावी प्रतिष्प्रधामा छन् । संयुक्त प्यानलबाट महिला उपाध्यक्षमा स्मिता निरौला र समावेशी दलित सदस्यमा सन्तोष रुचाल उम्मेदवार छन् ।

यता समावेशी सचिव पदका लागि स्वतन्त्र रुपमा सन्तवीर लामाले उम्मेदवारी दिएका छन् ।

समावेशी दलित सदस्य पदमा रुचाल एकमात्र उम्मेदवार रहेकाले उनी निर्वाचित हुने पक्का छ । यता निरौला र लामा भने आफ्नो पक्षमा मत पार्नका लागि चुनावी दौडमा छन् । सोलुखुम्वुका बुद्धबिर बाहिङसँग लामा र धरानकी मनिता चाम्लिङसँग निरौलाको चुनावी भिडन्त हुँदैछ ।

यसैवीच प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त निर्वाचन परिचालन समिति र स्वतन्त्र समुहले धनकुटामा बेग्ला बेग्लै चुनाव लक्षित कार्यक्रम गरेका छन् ।

उम्मेदवारहरु क्रमस: निरौला, रुचाल र लामा।

संयुक्त निर्वाचन परिचालन समितिको कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार विक्रम लुईटेल, उपाध्यक्ष पदका उम्मेदवार सोमनाथ सुसेली, महिला उपाध्यक्ष पदका उम्मेदवार स्मिता निरौला र महासचिव पदका उम्मेदवार विवेक गौतमले पत्रकार महासंघलाई सहभागितामूलक, पारदर्शी र जवाफदेही नागरिक संस्थाका रुपमा विकास गर्न संयुक्त प्यानललाई जिताउन आग्रह गरे ।

त्यस्तै स्वतन्त्र उम्मेदवाहरुले पनि मतदातासँग भेटघाट गरेका हुन् ।

अध्यक्ष पदका उम्मेदवार गोपाल देवान, उपाध्यक्ष पदका उम्मेदवार बिजय खतिवडा, महिला उपाध्यक्ष पदका उम्मेदवार मनिता चाम्लिङ, महासचिव पदका उम्मेदवार कमन देवान र समावेशी सचिव पदका उम्मेदवार लामाले समानता, सम्मान र समावेशीतासहितको पत्रकारिताका लागि आफुहरुलाई मतदान गर्न अपिल गरे।

चुनावको संघारमा आईपुग्दा उम्मेदवारहरुले लविङ तिव्र पारेका हुन् । भोट माग्दै उम्मेदवारहरु जिल्ला दौडाहमा छन् ।

महासंघको निर्वाचनका लागि धनकुटामा १ सय ४१ जना मतदाता छन् ।

निर्वाचनका लागि बैशाख ७ गते मनोनयन दर्ता गरिएको हो । अधिवेशनमा ८ पद निर्बिरोध छन भने १३ पदका लागि निर्वाचन हुँदैछ । प्रदेशका १४ वटै जिल्लामा हुने अधिवेशनले २१ सदस्यीय प्रदेश समिति निर्वाचित गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!