विराटनगर, २४ वैशाख । सोलुखम्बुमा लेक लागेर आइतबार एक जापानी नागरिकको मृत्यु भएको छ ।

Advertisement

खुम्बुपासाङल्हामु–४ स्थित लबुचे वेस क्याम्पमा लेक लागेर गम्भीर बिरामी भएका ४२ वर्षीय कुगा टाकाहिरोको मृत्यु भएको इलाका प्रहरी कार्यालयलाई उद्धृत गर्दै १ नं प्रहरी प्रदेश कार्यालय विराटनगरले जनाएको छ ।

लुक्लास्थित निकोल निकिल अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।

सगरमाथा आरोहणका लागि उहाँ गत वैशाख १४ गते काठमाडौँस्थित नेपाल एक्प्लोरेसन प्रालिमार्फत आउनुभएका थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!