- ईश्वर थापा/संगालोखबर

धनकुटा, २३ बैशाख । धनकुटामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले आईतवार जिल्लाका अगुवाहरुसँग परिचयात्मक कार्यक्रम गरेका छन् । राजनीतिक दलका प्रतिनिधि, सामाजिक सस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतसँग प्रजिअ खनालले पहिलो पटक परिचयात्मक कार्यक्रम गरेका हुन् ।

Advertisement

कार्यक्रममा नागरिक समाजका अध्यक्ष द्रोर्ण गुरागाई, गैरसरकारी सस्था महासंघका अध्यक्ष शोविस चेम्जोङ, नेपाल बार एसोसियसनकी अध्यक्ष हिमा बस्नेत, राष्ट्रिय जनमार्चाकी सचिव कोपिला शंकर, फोनिजका अध्यक्ष सन्तबीर लामा, महिला अधिकारकर्मी टीका भण्डारी, भीमा खनाल, कमला मगर लगायतले सीडीओ खनाललाई स्वागत गर्दै जिल्लाको अवस्थाका वारेमा जानकारी गराएका थिए ।

त्यस्तै अधिवक्ता दीपक गुरागाँई, नेपाल रेडक्रस सोसाईटीका सभापति नरेन्द्र पोख्रेल, नेकपा एमालेका कार्यालय सचिव नैन विश्वकर्मा, माओवादी केन्दका कार्यालय सचिव तिलकप्रसाद राई लगायतले जिल्लामा राजनीतिक दलबीच एकता रहेको उल्लेख गरे ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउन पहलका लागि आग्रह गर्दै उनीहरुले जिल्लामा हुने गाँजा खेतीले प्रहरी र प्रशासनलाई विवादमा तान्ने गरेको तर्फ प्रजिअ खनाललाई सचेत पनि गराए ।

सो अवसरमा प्रजिअ खनालले जिल्लामा सवैसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । धनकुटामा प्रजिअ खनालसँगै सहायक प्रजिअ नुरहरी खतिवडा पनि हालै सरुवा भएर आएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!