- ईश्वर थापा/संगालोखबर

धनकुटा, २१ बैशाख । यातायात ब्यवसायीले आव्हान गरेको बन्दका कारण आज धनकुटासहित पूर्वी नेपालको जनजीवन प्रभावित बनेको छ । सरकारले एकतर्फी रुपमा यातायात सञ्चालन निर्देशिका जारी गरेको विरोधमा व्यवसायीले यातायात बन्द आव्हान गरेका हुन् ।

Advertisement

बन्दका कारण धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधन बिहानैदेखि सञ्चालन नभएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिएका छन् । पूर्वका अरु जिल्लामा पनि बन्दको प्रभाव देखिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, र संखुवासभामा पनि यातायातका साधन छिटफुट मात्र संचालनमा रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले संगालोखबरलाई बताएका छन् ।

बन्दका कारण सयौं यात्रु बीच बाटो मै अलपत्र छन् । राजमार्गमा लामो दुरीका सवारी साधन बाहेक अन्य यातायातका साधन सञ्चालन भएका छैनन् । झापाबाट एउटा माइक्रो बसमात्र काठमाडौका लागि छुटेको छ भने अन्य सवारीसाधन सञ्चालन नभएको प्रहरीले जनाएको छ ।

यसो भन्छन यातायात ब्यावसायी

राज्यले गत चैत १८ गते जारी गरेको निर्देशिका सरोकारवाला पक्षलाई नराखि एकतर्फि ढंगले गरिएको भन्दै त्यसको खारेजी गरि सरोकारवाला पक्षलाई राखेर निर्देशिका बनाउनु पर्ने माग गर्दै यातायात व्यवसायीले शुक्रबार देशभर यातायात बन्द घोषणा गरेका हुन् ।

वर्तमान सरकारले हालै जारी गरेको निर्देशिकाले स्वरोजगार मजदुर रहेका यातायात व्यवसायीलाई ५ वटा गाडी हुनुपर्ने, कम्पनी दर्ता नगरी चलाउन नपाउने, एक व्यवसायीले एउटा मात्रै गाडी चलाउन नपाउने नियम जवरजस्ती लादेकाले त्यसको विरोधमा बन्द गर्नु परेको सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापाले बताए ।

अहिलेको आलोपालो पद्धतीलाई सरकारले ‘सिण्डीकेट’ भनेर अबको सञ्चालन पद्धतीको विकास नगर्ने र सञ्चालन पद्धतीको कुरा गर्दा सरकार चुप लागेको उनको आरोप छ ।

गाडी दुर्घटना हुदा बीमाको विषयमा सरकारी नियम नभएको र सरकारले एक व्यक्ती घाइते हुँदा ३ लाख रुपैयाँ मात्रै दिँदै आएकोले त्यो रकम अपुग भएर व्यवसायीले पुरा गर्नुपर्ने बाध्यता हटाई सरकारले सम्पुर्ण जिम्मेवारी लिनुपर्ने थापाले बताए ।

आफुहरु ‘सिण्डीकेट’ धारी नभएको दावी गर्दै थापाले सरकारले कालो नम्बर प्लेटका सवारीसाधनलाई संगीत राजस्व लिने गरेको र अरुलाई नलिने गरेकाले सबै सवारीसाधनलाई समान व्यवहार नगरेसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!