ईश्वर थापा/संगालोखबर

धनकुटा, २१ बैशाख । जिल्लाको चौविसे गाउँपालिका–१ का सात वर्षीया भिमकुमारी बिक र नौ वर्षीया सीता बिकका बुवाआमा छैनन् । अरुको भरमा जीवन विताउँदै आएका उनीहरुको पढाइ त परको कुरा खानबस्नको पनि टुंगो थिएन ।

सँगैका साथी विद्यालय जाँदा भिमकुमारी र सीता भने खेलिरहेका हुन्थे । अब भने उनीहरु विद्यालय जान पाउने भएका छन् । धनकुटाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले पढाइका लागि लाग्ने सबै खर्च आफूले बेहोर्नेगरी भिमकुमारी र सीतालाई विद्यालय भर्ना गराएका छन् ।

Advertisement

सांसद राईले धनकुटा सिरानबजारको गोकुण्डेश्वर माध्यमिक विद्यालयको कक्षा १ मा भिमकुमारी र सीतालाई भर्ना गराएका हुन् ।

उनीहरुलाई कक्षा १ देखि १० सम्म विद्यालय पोशाकदेखि, अन्य शैक्षिक सामग्री र खाजा लागयत खर्चसमेत सांसद राईलेर्ने बेहोर्ने प्रतिवद्धता जनाएका छन् ।

विद्यालय भर्ना निःशुल्क भए पनि पोशाक, अन्य शैक्षिक सामग्रीसहित खाजा खर्च बेहोर्न नसक्ने भएकाले विद्यालय जाने उमेरमा पनि उनीहरु खेलेरै समय बिताउने गर्थे ।

आर्थिक अवस्था कमजोर र बाबुआमा नभएकै कारण शिक्षा पाउनबाट वञ्चित भएको देखेर उनीहरुको अभिभावकत्व ग्रहण गरेको सांसद राईले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!