संगालोखबर सम्वाददाता

धनकुटा, २२ बैशाख । नेपाल पत्रकार महासंघ प्रदेश अधिवेशन अन्र्तगत धनकुटामा आज भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजेसम्म मतदान भएको थियो ।

अपरान्हबाट सुरु भएको मतगणना सकिएर साँझ मत परिणाम सार्वजनिक गरिएको हो ।

Advertisement

मत परिणाम अनुसार प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन भएका १२ वटै पदमा अग्रता लिएको मुख्य निर्वाचन अधिकृत टंकबहादुर राईले जानकारी दिएका छन् ।

प्रदेश अधिवेशनमा धनकुटाबाट महिला उपाध्यक्षकी उम्मेदवार स्मीता निरौलाले ६१ मत पाएकी छन भने उनका निकटतम प्रतिद्धन्द्धी मनिता चाम्लिङले २१ मत ल्याईन् ।

यता धनकुटाबाट स्वतन्त्र रुपमा समावेशी सचिव पदमा उम्मेदवारी दिएका सन्तवीर लामालाई भने संयुक्त गठबन्धनका बुद्धवीर राईले उछिनेका छन् ।

लामाले ३६ मत ल्याउँदा सोलुखुम्वुका राईले ५१ मत पाएका छन् । धनकुटाबाट दलित सदस्यका उम्मेदवार सन्तोष रुचाल भने निर्विरोध छन् । उक्त पदमा अर्को उम्मेदवारी नपरेकाले रुचाल निर्विरोध भएका हुन् ।

यस्तो छ मत परिणाम…

अध्यक्ष
विक्रम लुईटेल–७३
गोपाल देवान–१३

उपाध्यक्ष
सोमनाथ सुसेली–७५
बिजय खतिवडा–११

महिला उपाध्यक्ष
स्मीता निरौला–६१
मनिता चाम्लिङ–२१

महासचिव
विवेक गौतम–६८
कमन देवान–१८

समावेशी सचिव
बुद्धवीर राई–५१
सन्तवीर लामा–३६

खुल्ला सदस्य
डिल्लीराम खतिवडा–७५
तिर्थ सिग्देल–७७
फिपराज लिम्बु–२७
बुद्धिप्रसाद लामिछाने (विमल)–७०
विपेन्द्र गौतम–८०
शशि कोइराला–६६

मधेशी सदस्य
जयकृष्ण यादव–७२
व्रम्हदेव यादव–७६
श्यामसुन्दर सुतिहार–१५

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!