- ईश्वर थापा/संगालोखबर

धनकुटा, २१ बैशाख । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले धनकुटा बहुमुखी क्याम्पसमा २६ वुँदे माग पत्र बुझाएको छ । अनेरास्ववियू धनकुटा बहुमुखी क्याम्पस कमिटी अध्यक्ष नवराज घिमिरे नेतृत्वको टोलीले शैक्षिक सुधारका बिषयमा क्याम्पसमा माग पत्र बुझाएको हो ।

एक हप्ता भित्र माग संबोधन नभए जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने अनेरास्ववियूले चेतावनी पनि दिएको छ ।

Advertisement
धनकुटा बहुमुखी क्याम्पस । फाईल तस्वीर : संगालोखबर

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदानका लागि मागपत्र बुझाइएको अनेरास्ववियू क्याम्पस कमिटी अध्यक्ष घिमिरेले संगालोखबरलाई जानकारी दिएका छन् ।

त्रिविद्धारा सञ्चालित डिग्री सेमिस्टरको प्रथम सेमिस्टरमा आवश्यक पाठ्यपुस्तक उपलब्ध गराउनु पर्ने, इलाईब्रेरी चाँडो सञ्चालन गर्नुपर्ने लगायत बुँदा मात्र पत्रमा उल्लेख छन् ।

यता धनकुटा बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख किरण घिमिरेले सबै विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरी सकेसम्म चाडो माग संबोधन गरिने प्रतिक्रिया दिएका छन् ।

यस्तो छ माग पत्र …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!