संगालोखबर सम्वाददाता

धनकुटा, २२ बैशाख । बन्द सफल पार्न भन्दै धनकुटामा शनिवार बिहानै टायर बालेर प्रदर्शन गरिएको छ ।

Advertisement

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धनकुटा–६ आत्मारा स्थित कोशी राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

सडकमा दुईवटा टायर बालिएको छ । पक्राउ परेका नेता, कार्यकर्ता बिनाशर्त रिहाईको माग गर्दै नेकपाले शनिवार ‘नेपाल बन्द’ आब्हान गरेको हो ।

बन्दलाई लक्षित गरी टायर बालेर प्रदर्शन गरिएको नेकपाका एक सदस्यले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!