- सन्तोष रुचाल/संगालोखबर

धनकुटा, ७ असार । धनकुटाको चौबिसे गाउँपालिकामा पहिलो पटक प्रदेश स्तरीय प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालय १ नं. प्रदेशको मुख्य आयोजना, चौबिसे गाउँपालिकाको सहआयोजना, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति विराटनगरको व्यवस्थापन र जिल्ला खेलकुद विकास समिति धनकुटाको समन्वयमा प्रतियोगिता हुन लागेको हो ।

चौबिसे गाउँपालिकाले आज जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरी राजारानीमा असार १० देखि १२ गतेसम्म प्रतियोगिता गर्ने तयारी भईरहेको जानकारी दिएको हो ।

प्रदेश १ का १४ जिल्लाका १४ टीम सहभागि हुने प्रतियोगितामा करिब १५ लाख खर्च हुने अनुमान गरिएको चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए । उनका अनुसार कुल खर्चको ३० प्रतिशत चौबिसे गाउँपालिकाले बेहोर्ने छ भने बाँकी रकम सामाजिक विकास मन्त्रालयले बेहोर्ने छ ।

प्रतियोगिताका लागि खेलाडीलाई खानबस्न देखि सम्पूर्ण व्यवस्थापनको काम भईसकेको स्थानीय व्यवस्थापक रारा क्लबका अध्यक्ष मणी चेम्जोङले जानकारी दिए ।

तीन दिनसम्म सञ्चालन हुँने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार मेडल, ट्रफी र प्रमाण–पत्र पाउँने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!