- संगालोखबर सम्वाददाता

धनकुटा, ६ असार । पूर्वी नेपालमा आज बिहान दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।

Advertisement

ताप्लेजुङ केन्द्रविन्दु भएर ६ मिनेटको अन्तरमा दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विहान ९ बजेर ५४ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको छ । लगत्तै १० बजे ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

ताप्लेजुङसहित धनकुटा, तेह्रथुम, पाँचथर, इलाम लगायत जिल्लामा भूकम्पको धक्का महसुस भएको बताईएको छ ।

केहि दिन अघि पनि भारतीय सिमा क्षेत्रमा भूकम्प जाँदा पूर्वी नेपालमा धक्का महसुस भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!