- बालिका मादेन/संगालोखबर

धनकुटा, ९ असार । धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७५/०७६ का लागि ५२ करोड बजेट छुट्याएको छ । नगरपालिकाको तेस्रो अधिवेशनबाट पारित बार्षिक बजेट, नीति तथा कार्यक्रम शनिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

Advertisement

आगामी आर्थिक बर्षका लागि ५२ करोड ८९ लाख ४३ हजार बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता जम्सेर राईले जानकारी दिए । जसमा चालूखर्च तर्फ ३६ करोड १७ लाख र पूजीँगत तर्फ १६ करोड ७२ लाख ४३ हजार छुट्याईएको छ । चालू तर्फ ६८ दशमलव ३८ प्रतिशत र पूजीगत तर्फ ३१ दशमलव ६२ प्रतिशत बजेट छुट्याईएको प्रवक्ता राईले बताए ।

चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट शुन्य दशमलव ३२ प्रतिशतले बढी हो । यता चालु खर्च तर्फ ३५ दशमलव ५८ प्रतिशतले बजेट वृद्धि भएको छ । चालु खर्चमा नेपाल सरकारबाट वित्तिय समानीकरणका लागि सशर्त अनुदान अन्र्तगत शिक्षा, स्वास्थ्य, आयुर्वेद, कृषि, पशु र महिला विकास तर्फ २२ करोड ४ लाख, सामाजिक सुरक्षा तर्फ ५ करोड समावेश छ ।

नगर कार्यपालिकाको कार्यालय चालू खर्च १३ करोड ९८ लाख रहेको छ । यसैगरी मुख्य आयोजना तथा क्रियाकलापमा पूर्वाधार विकास तर्फ प्रमूख योजनामा नगरस्तरीय २२ र वडा स्तरीय १ सय १६ वटा गरी १ सय ३८ पूर्वाधार योजनामा १० करोड १० लाख ६३ हजार बजेट विनियोजन गरिएको छ ।

यस्तै आर्थिक विकास तर्फ कृषि तथा पशु विकास, उद्योग र पर्यटन विकासका ३७ योजनामा एक करोड ४० लाख ५० हजार बजेट छुट्याईएको छ भने सामाजिक विकास तर्फ ८७ योजनामा पूजीगत खर्चको २ करोड १७ लाख ८० हजार बजेट परेको छ । संस्थागत विकास तर्फ ३३ वटा बिकास योजना तथा कार्यक्रमका लागि २ करोड ३३ लाख बजेट विनियोजन भएको छ ।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापन समूह तर्फ ६ वटा योजनामा १४ लाख ५० हजार विनियोजन गरिएको छ । आगामि आर्थिक वर्ष पूजीगत तर्फ ३ सय १ योजना तथा कार्यक्रम संचालन गर्ने गरि कार्यक्रम स्वीकृत गरिएको धनकुटा नगरपालिकाले जनाएको छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!