- पदम राई/संगालोखबर

साँगुरीगढी, ९ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–८ ढुंगेटोलका २४ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् । बर्षाका कारण गाउँमा गएको पहिरो बस्ती तर्फ बढ्दै गएपछि गाउँनै जोखिममा परेको हो ।

दैनिकजसो भईरहेको बर्षाका कारण पहिरो खस्दै गाउँ तिर बढेपछि पहिरोले बस्ती बगाउँने त्रास बढेको स्थानीय थाम्के राईले संगालोखबरलाई जानकारी दिए । पहिरोले आफ्नो करिब दुुुई रोपनी जग्गासमेत बगाएको राईले गुनासो सुनाए ।

Advertisement

स्थानीय हरिचन्द्र राईले पनि पहिरो जाने क्रम नरोकिएपछि आफुहरु त्रासमा बसिरहेको बताए ।

पहिरोका कारण अवरुद्ध बनेको सडक । तस्वीर : पदम राई/संगालोखबर

भेडेटार–महाभारत–आहाले–वराहक्षेत्र ग्रामिण कृषि सडकको ढुङ्गेदेखि आहालेसम्म जाने सडक पनि पहिरोका कारण पुरिएर अवरुद्ध बनेको छ । सोही बाटो हिडेर विद्यालय जाने विद्यार्थीहरुलाई बाटो पुरिएपछि थप समस्या भएको छ ।

सडक अवरुद्ध भएका कारण निर्माणाधिन फेसुवा ट्रष्ट पुलको सामाग्री ढुवानीमासमेत समस्या भएको निर्माण उपभोक्ता समिति अध्यक्ष भीमबहादुर लिम्बुले बताए ।

सडक अवरुद्ध भएर समस्या हुदा पनि सम्बन्धित निकायले सडक खुलाउन पहल नगरेको स्थानीयको आरोप छ । यसैवीच पहिरो रोकथामका लागि स्थानीयबासीले बजेट माग गरेका छन् ।

पहिरोले बस्ती जोखिममा पर्न थालेपछि रोकथामका लागि वडा कार्यालय र गाउँपालिकामा बजेट माग गरिएको स्थानीय प्रेमकुमार राईले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!