सुनसरी, ६ असार । कोशी नदीमा जेसिबी बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ । कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नम्बर नखुलेको ट्रक बढी लोड भएको कारण पुलबाट खसेको हो ।

Advertisement

प्रहरीले ट्रक खसेको स्थानबाट दुईवटा शव फेला परेको छ भने ६ को उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु घाइते भएकाले उनिहरुलाई इनरुवा स्थित जिल्ला अस्पताल र बिराटनगर उपचारको लागी लगिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

ब्यारेजको १९–२० नम्बरको ढोका नजिक ठूलो खाडलको कारण ट्रक पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा ब्यारेज मर्मतको लागी खटिएका कर्मचारी समेत परेका छन् । उनीहरुलाई ट्रकले ठक्कर दिएर कोशीमा झरेको थियो ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!