संगालोखबर सम्वाददाता

धनकुटा, ७ असार । पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत हुने गरी मिडियामैत्री कानुन बनाउँन माग गर्दै धनकुटाका पत्रकारहरुले आज स्थानीय सरकारका प्रतिनिधिलाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासंघ १ नं. प्रदेश समितिको निर्णय अनरुप नगर तथा गाउँपालिकाका प्रमुखहरुलाई ज्ञापन–पत्र बुझाईएको हो । पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ नेतृत्वको टोलीले धनकुटा नगरपालिकाका उपप्रमुख सकुन्तला बस्नेत र चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईलाई ५ बुद्धे मागसहितको ज्ञापन–पत्र बुझाएको हो ।

Advertisement

स्थानीय तहका सबैखाले सूचना तथा विज्ञापन सञ्चारमाध्यमलाई उपलब्ध गराउदा प्रदेश सरकारको नीति तथा कार्यक्रम अनुसार समानुपातिक ढंगले उपलब्ध गराउन ज्ञापनपत्रमा माग गरिएको छ ।

चौबिसे गाउँपालिकाका अध्यक्ष राईलाई ज्ञापनपत्र बुझाउँदै महासंघ अध्यक्ष श्रेष्ठ । तस्वीर: सन्तोष रुचाल/संगालोखबर

स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन र पत्रकारहरुको क्षमता विकासका लागि आवश्यक पर्ने नीति तथा कार्यक्रम निर्माण गरी लागु गर्नु पर्ने, स्थानीय तहका सूचनाहरुमा आम पत्रकारको सहज पहुँच स्थापित हुने अवस्था निर्माण गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै धनकुटा नगरपालिकाका उपप्रमुख बस्नेत र चौबिसे गाउँपालिकाका अध्यक्ष राईले पत्रकारहरुले राखेका माग जायज भएकाले नीति तथा कार्यक्रम निर्माण गर्दा सञ्चार मैत्री बनाउँने प्रतिबद्धता जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!