- संगालोखबर सम्वाददाता

धनकुटा, ६ असार । सूचना अयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले स्थानीय तहले प्रवाह गर्नुपर्ने सूचना नागरीकलाई सहज रुपमा उपलब्ध गराउन आग्रह गरेका छन् ।

Advertisement

बुधबार धनकुटा नगरपालिकामा आयोजित स्थानीयतहका जनप्रतिनिधि एवं कर्मचारीकालागि सूचनाको हक सम्बन्धि सचेतना कार्यक्रममा बोल्दै बास्कोटाले यस्तो बताएका हुन् ।

संविधानमा मौलिक हकको रुपमा व्यवस्था गरीएको सुचनाको हक मुख्य सेवाप्रवाह गर्ने स्थानीय तहबाट नै कन्जुस्याईँ भए संघियता धरापमा पर्ने उनको भनाई छ । आमसञ्चारका लागि हरेक संघ संस्थाले अनिवार्य रुपमा सूचना अधिकारी तोक्नुपर्ने व्यवस्था रहेको बताउँदै उनले सवैले यसप्रति सचेत हुनुपर्ने उल्लेख गरे ।

सूचना माग्दा नपाएमा वा चित्त नबुझेमा राष्ट्रिय सूचना आयोगमा उजुरी गर्ने र आयोगले सूचना लुकाउनेलाई कारवाही र सुचना माग्नेलाई दिलाउने काम गर्ने जानकारी दिदै उनले सूचना दिने काममा स्थानीय तह थप जिम्मेवार बन्न आग्रह पनि गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!