
धनकुटा, ६ असार । धनकुटाको पाख्रीवास स्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम आज बिहान निष्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निष्कृय पारेको हो ।
पाख्रीवास नगरपालिका–४ मा रहेको सो कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । त्यसपछि प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार रेडबुलको बट्टामा ग्रिनेट बमको टुक्रा फेला परेको थियो । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम राखेको हुनसक्ने प्रहरीको आसंका छ ।
पाख्रीवास–लेगुवा सडक निर्माणका क्रममा कञ्चनजंघा कन्ट्रक्सन कम्पनीले लापरबाही गरेको भन्दै नेकपाले कारबाहीको चेतावनी दिएको थियो ।
लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाहीका लागि नेकपाले प्रशासनलाई बिज्ञप्ती मार्फत अल्टिमेटम दिदै कारबाही नगरे आफै कारबाही गर्ने जनाएको थियो ।
यसअघि प्रकाशित समाचार हेर्नुहोस्…