खोटाङ, ७ असार । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने दिक्तेल–पाथेका सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।

गत जेठ ३० गते राति परेको भारी वर्षासँगै उक्त सडकखण्डको चार स्थानमा झरेको पहिरो हालसम्म हटाउन नसक्दा यातायात सेवा अवरुद्ध हुनाका साथै पैदल यात्रुलाई समेत सास्ती भएको हो ।

ढुंगेचौतारा–हरेलोडाँडा–पाथेका हुँदै फेदकोसम्म १६ किलोमिटर सडक पहिरोका कारण जङ्गल नै बगाएर सडकमा थुपारिदिएपछि पैदल यात्रुलाई समेत बाटो छिचोल्नु समस्या भएको हो ।

डिटिएमपीअन्तर्गत २०६९ सालदेखि सञ्चालन भएको सो सडक पहिरोले अवरुद्ध भएपछि मोटरसाइकललगायत सबै प्रकारका सवारीसाधन बन्द भएको वडाध्यक्ष मगाधन राईले बताए।

पहिरोका कारण साविकको फेदी, खार्ताम्छा, पाथेका, बाक्सिला, बास्पानीलगायतका यात्रुलाई सदरमुकाम हुँदै काठमाडौँ आवतजावत गर्न समस्या भएको छ । लगातारको वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!