खोटाङको जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङको जयराम–हलेसी सडक जोखिमपूर्ण

खोटाङ, २४ माघ । मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्डको च्यास्मिटारदेखि हलेसीसम्मको सडकको यात्रा जोखिमपूर्ण बनेको छ । जयराम–हलेसी (३० किलोमिटर) सडकको च्यास्मिटार–दुर्छिम–हलेसी खण्डमा खाल्डाखुल्डी बनेपछि यात्रा जोखिमपूर्ण बनेको हो । जयराम–हलेसी सडकको प्रहरीचौकी च्यास्मिटारदेखि बडहरे र दुर्छिमदेखि हलेसीसम्मको सडकमा कालोपत्रे उक्किएर खाल्डैखाल्डा बनेको छ । स्वच्छन्द–भगवती निर्माण सेवाले ...
भोजपुरमा  बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुरमा बहुविवाह गर्ने जोडी कारागार चलान

भोजपुर, २३ माघ । भोजपुर जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई कारागार चलानको आदेश दिएको छ । अदालतले रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र कान्छी श्रीमती हतुवागढी गाउँपालिका–२ रानीवासकी निर्मला दर्जीलाई कारागार चलान गरेको हो । उनीहरुले यही माघ ३ गते विवाह गरेका थिए । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजुरीपछि यही माघ ८ गते पक्राउ गरिएको हो ।
प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

प्रदेश नं १ को खेलकूद विधेयक सामाजिक समितिमा

विराटनगर, २३ माघ । ‘प्रदेश खेलकूदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम ९४(१)ख बमोजिम सामाजिक विकासमन्त्री जीवन घिमिरेले सो प्रस्ताव पेश गर्नुभएको थियो । ‘प्रदेश विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव सदनमा प्...
धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटामा आगलागीबाट साढे ३ लाख बराबरको क्षति

धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका-७  का जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी  कार्यालय धन...
खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङमा सामाजिक काम गर्दै नेपाल प्रहरी

खोटाङ, २३ माघ । जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्लाका हरेक विद्यालयमा सचेतना अभियान सञ्चालन गर्नुका साथै सामाजिक कामलाई पनि तीव्रता दिएको छ । जिल्लाका हरेक विद्यालयमा गएर महिला हिंसासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सार्वजनिक स्थलको सरसफाइ, अप्ठ्यारोमा परेकालाई उद्धार तथा भौतिक निर्माण लगायतका काममा सहयोग गर्दै आएको हो । जिल्लामा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार र बलात...
उदयपुर सिमेन्ट उद्योग घाटामा

उदयपुर सिमेन्ट उद्योग घाटामा

गाईघाट, २३ । डेढ वर्षदेखि यता आएर विद्युत्भार कटौतीको अन्त्य भएसँगै व्यापक नाफामा जान थालेको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुरको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगमा फेरि विद्युत्भार कटौती शुरु भएपछि सिमेन्ट उत्पादनमा कमी भई उद्योग पुनः घाटामा जान थालेको छ । पुसको अन्तिम हप्तादेखि माघको दोस्रो हप्तासम्ममा दैनिक पाँच पटकसम्म विद्युत्भार कटौती हुन थालेपछि सिमेन्ट उद्योगले झण्...
बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुई लाख ५२ हजारको मार्सी चामल बिक्री

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा दुई लाख ५२ हजारको मार्सी चामल बिक्री

भद्रपुर, २३ माघ । झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ । ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाडौँमा रहेक...
भोजपुरमा जिपी फाउण्डेशन

भोजपुरमा जिपी फाउण्डेशन

भोजपुर, २३ माघ । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको जिपी कोइराला फाउण्डेशनको जिल्लामा समिति तथा कार्यालय स्थापना गरिएको छ । काङ्ग्रेस नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशन शाखाको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । कार्यक्रममा सो फाउण्डेशनका प्रदेश नं १ संयोजक इन्दिरा थापाले कोइरालाको प्रजातन्त्र, शान्ति र विकासको सपनालाई साकार पार्ने उद्...
आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

आजदेखि प्रदेश नं १ बाट श्रम स्वीकृति

काठमाडौँ, २३ माघ । वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले बुधाबारदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ । विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृतिलगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी सेवा प्रदान गर्न आवश्यक...
सरकार तानाशाही बन्दै गएको कांग्रेस नेता सिटौलाको आरोप

सरकार तानाशाही बन्दै गएको कांग्रेस नेता सिटौलाको आरोप

धनकुटा, २२ माघ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बहुमतको दम्भका आधारमा सरकार तानाशाही बन्दै गएको आरोप लगाएका छन् । सरकारको एक वर्षे कार्यकाल लोकतान्त्रिक चरित्रमा अघि नबढेको आरोप लगाउँदै नेता सिटौलाले त्यही कारण खबरदारी गर्नुपर्ने परिस्थिति बनेको बताए । पार्टी सुदृढिकरण अभियानका क्रममा धनकुटा आएका नेता सिटौलाले मंगलबार पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । कांग्रेस पूर्व मह...
विराटनगरमा सञ्चार सहकारीको साधारणसभा सम्पन्न

विराटनगरमा सञ्चार सहकारीको साधारणसभा सम्पन्न

विराटनगर, २२ माघ । सञ्चार सहकारी संस्थाको सातौँ साधारणसभा बचतकर्ता तथा ऋणीलाई सम्मान गर्दै आज यहाँ सम्पन्न भएको छ । सभामा उत्कृष्ट ऋणीतर्फ टीकाराम भुजेल, असल बचतकर्ताबाट रोशनकुमार बुढाथोकी र कुमोद अधिकारीलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष मोहन भण्डारी, महासङ्घ मोरङका सभापति बन्धु पोखरेल र समाजसेवी दीनबन्धु गोयलले वर्तमान अवसस्थामा सहकारीले ग्रामीण क्षेत्रका जनताको आर्थिक उन्नतिका कार्य गर्...
सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बुमा गाउँपालिकाको उत्कृष्ट विद्यालयलाई पचास हजार

सोलुखुम्बु, २२ माघ ।  माप्य दूधकोशी गाउँपालिकाले विद्यालयस्तरीय परीक्षा आफैँले सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको हालै बसेको बैठकले पालिकाभित्रका कक्षा ५ र ८ का लागि शैक्षिकसत्र २०७५ को अन्तिम परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा बसेको बैठकले उक्त परीक्षा सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी ...
१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

१ नं प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

धरान, २२ माघ । प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून...
बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बालक मृत्यु घटना : पीडित र अस्पतालबीच सहमति

बनियानी, २१ माघ । झापाको बिर्तामोडस्थित पूर्णटुङ बिर्तासिटी अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि पीडित परिवार र अस्पताल प्रशासनबीच आज दुई बुँदे सहमति भएको छ । अस्पतालमा आइतबार मेचीनगर नगरपालिका–५ चारआलीका उमङ्ग राजवंशीका अढाइ वर्षीय छोरा जेनिसको मृत्यु भएको थियो । अस्पतालमा उपचारका क्रममा लापर्वाही भएकाले बालकको मृत्यु भएको भन्दै आइतबार राति बालकका आफन्तले तोडफोड गरेका थिए । बालकको मृत...
विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगरमा करेण्ट लागेर तीन जना घाइते

विराटनगर, माघ २१ ।  विराटनगर बिजुलीको तार सार्ने क्रममा एक्कासी लाइन आएपछि करेण्ट लागेर तीन जना घाइते भएका छन् । कोशी राजमार्गको विराटनगर भृकुटी चोक खण्डमा बिजुलीको नयाँ पोलमा तार सार्ने क्रममा करेण्ट लागेर तीन जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर– ४ का ३० बर्षका रिहान मिया, २१ बर्षका मुकेश पासवान र सन्दीप पासवान घाइते भएका हुन् । घाइतेमध्ये रिहानको अवस्था गम्भीर...
इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाममा चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम, २१ माघ । चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ । इलाम चियाको केन्द्रका रुपमा मानिन्छ । इलाममा १५५ वर्षअघि चिया रोपेको र सोहि वेलादेखि यहाँ चिया खेती हुने गरेको छ । चिया खेतीसम्बन्धी सम्पूर्ण जानकारी पाठ्यक्रममा नै राखिने भएपछि विद्यार्थी जीवनदे...
मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन् : पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ, २१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताउनुभएको छ । ‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा खोटाङ आउनुभएका डा भट्टराईले यस्तो बताउनुभएको हो । विकास जनताको लागि भएकाले विकास निर्माणका क्रममा जनतालाई उठिबास गराउन नहुने उहाँले तर्क गर्नुभयो । “मध्यपहाडी लोकमार्गमा पर्ने सबै ...
पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथरमा २१ स्थानमा सशस्त्र प्रहरी राखिने

पाँचथर, २१ माघ । प्रदेश नं १ को चीन र भारतसँग सीमा जोडिएका २१ स्थानमा सुरक्षाका लागि शशस्त्र प्रहरी राखिने भएको छ । उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले पाँचथरको उत्तरपूर्वी क्षेत्र चिवाभञ्ज्याङको सीमा क्षेत्र अवलोकनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सीमामा हुने आपराधिक गतिविधि र चोरी निकासी कम गर्न भारत र चीनसँग जोडिएका सीमामा सशस्त्र प्रहरी राख्न रु १७ करोड ...
भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुरमा चौसठ्ठी मुद्दा फैसला

भोजपुर, २१ माघ । जिल्ला अदालतले चालू आवको ६ महीनामा ६४ मुद्दाको फैसला गरेको छ । साउनदेखि पुस मसान्तसम्म विभिन्न शीर्षकमा १४७ मुद्दा परेको थियो । अझै ८३ मुद्दाको फैसला हुन बाँकी छ । छ महीनाको अवधिमा कर्तव्य ज्यानका सात, ज्यान मार्ने उद्योगको एउटा, जबर्जस्ती करणीका १६, जबर्जस्ती करणी उद्योगका चार, सम्बन्धविच्छेदका ४८, ठगीका तीन, अंशसम्बन्धी १५, मानाचामलका ६, गाली बेइज्जतीका पाँच तथा कुटपिटको ८ मु...
भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुरमा फरार अभियुक्त कारागार चलान

भोजपुर, २१ माघ । फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । अवैध गर्भपतन मुद्दामा २०६९ जेठ २५ गते जिल्ला अदालतद्वारा तीन वर्ष कैद सजाय पाएका आमचोक गाउँपालिका–३ थिदिङखाका ३९ वर्षीय राजकुमार राईलाई पक्राउ गरी आइतबार कारागार चलान गरिएको छ । प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीका अनुसार इलाका प्रहरी कार्यालय घोडेटारको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

प्रदेश राजधानी माग्दै धनकुटामा जुलुश

धनकुटा, २० माघ । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी बनाउँन माग गर्दै आईतवार जुलुश प्रदर्शन गरिएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएपछि धनकुटामा जुलुश निकालिएको हो । यो अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउँने बताईएको छ । सोही कारण धनकुटाबासीले राजधानी माग गर्दै प्रदेश सांसदहरुलाई सचेत गराएका हुन् । सांसदहरुको ध्यानाकर्षण गराउँने उद्धेश...
डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

डा.शर्माद्वारा पथरीमा एम्बुलेन्स प्रदान, शर्मा दम्पतीलाई गरियो भव्य नागरिक अभिनन्दन

मोरङ, २० माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मा दम्पतीलाई मोरङको पथरीशनिश्चरेमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पथरीशनिश्चरे–९ पुलचौकमा डा.शर्मा र उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मानसहित अभिनन्दन गरिएको हो । डा.शर्माले सो क्षेत्रका बासिन्दाको सहजताका लागि करिव ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरेर स्थानीय त्रिपुरेश्वर शिवपञ्चायन मन्...
विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगरमा प्रदेश अधिवेशन शुरु

विराटनगर, २० माघ । प्रदेश नं १ प्रदेशसभाको तेस्रो तथा हिउँदे अधिवेशन आजदेखि शुरु भयो । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएपछि बैठकमा राजनीतिक दलका प्रतिनिधिले प्रदेश नं १ को राजधानी र नामकरणमा प्रदेश सरकारले ढिलाइ गरेमा जनतामा अविश्वास बढ्ने धारणा व्यक्त गर्नुभयो । नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश सरकारले...
अविवहिताद्वारा शिशुको जन्म

अविवहिताद्वारा शिशुको जन्म

फिक्कल, २० माघ । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ ।
विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा दान

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा दान

इनरुवा, २० माघ । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क दान दिनुभएको छ । करीब रु ४० लाख मूल्य बराबरको सो जग्गा कोइरीले निःशुल्क रूपमा दान दिएको नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका प्रमुख सञ्जीवकुमार साहले जानकारी दिनुभयो । मेहताले आफ्नो स्वर्गीय आमा सम्झादेवी मेहताको सम्झनास्...
धनकुटामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा, तीन महिनापछि हत्यारा पक्राउ

धनकुटामा प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको खुलासा, तीन महिनापछि हत्यारा पक्राउ

धनकुटा, १८ माघ । धनकुटामा प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । गत कात्तिक १७ गते हिलेमा लागेको मिनी मेलामा इटहरी–१५ का ३५ वर्षीय रामबावु चौधरीको हत्या भएको थियो । घटना भएको तीन महिनापछि प्रहरीले हत्यामा संलग्न रामवावुकी श्रीमती २९ बर्षीया प्रिया चौधरी र धनकुटाको साँगुरीगढी–९ घर भई सुनसरीको बराहक्षेत्र–५ बस्दै आएका ३१ बर्षीय सविन राईलाई पक्राउ गरेपछि घटनाको रहस्...
‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

‘मुलुक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च’

बनियानी, १८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान उच्च रहेको बताउनुभएको छ । भवानी घिमिरे साहित्यिक प्रतिष्ठान झापाले बिर्तामोडमा आयोजना गरेको दुई दिवसीय ‘मितेरी साहित्यिक सम्मेलन–२०७५’को आज उद्घाटन गर्दै उहाँले मुलुकको राजनीतिक परिवर्तनमा साहित्यिक क्षेत्रको योगदान अतुलनीय रहेको बताउनुभयो । “मुलुकमा जति पनि आन्दोलन भए ती सबै साहित्...
विराटनगरमा उद्योगी र व्यापारीको माग ब्याज दर घट्नुपर्ने

विराटनगरमा उद्योगी र व्यापारीको माग ब्याज दर घट्नुपर्ने

विराटनगर, १८ माघ । बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् । उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार द...
धनकुटामा सरकार विरुद्ध मसाल जुलुस

धनकुटामा सरकार विरुद्ध मसाल जुलुस

धनकुटा, १८ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकार विरुद्ध धनकुटा बजारमा मसाल जुलुस प्रर्दशन गरेको छ । सरकारले जनविरोधी निर्णय गर्दै गएको, जवरजस्त अधिनायकवाद शैलीमा चिकित्सा शिक्षा विधेयक पास गरेको, हत्या वलात्कारमा संलग्नलाई कारवाही गर्न नसकेको भन्दै विरोध स्वरुप मसाल जुलुश प्रदर्शन गरिएको हो । सरकार विरुद्ध नारावाजी गर्दै निश्किएको जुलुश मदनचौकमा पुगेर समापन भयो । समापन अघि ...
मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)

मृगौलापीडित गुरुङको उपचारका लागि डा.शर्माद्वारा एक लाख सहयोग (भिडियोसहित)

मोरङ, १७ माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको बेलबारीकी मृगौलापीडित सरस्वती गुरुङको उपचारका लागि एक लाख सहयोग गरेका छन् । बेलबारी नगरपालिका–४ धरहरा स्थित गुरुङको घरैमा पुगेर डा.शर्माले सहयोग प्रदान गरेका हुन् । सहयोग संकलनका विषयमा भएको छलफल कार्यक्रममा डा.शर्माले मृगौलापीडित गुरुङलाई एक लाख रकमको चेक हस्तान्तरण गरे । आर्थिक अभावका कारण उपचारमा समस्या झेल्दै आ...
ठेकीको माग उच्च, बनाउन भ्याइनभ्याइ

ठेकीको माग उच्च, बनाउन भ्याइनभ्याइ

मङ्गलबारे, १७ माघ । दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कुँद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली । दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन भ्याइनभ्याइ छ । आफ्नो जन्मथलो छाडेर इलाम फाकफोकथुम गाउँपालिका–३ आमचोकलाई कर्मथलो बनाउनुभएका रसाइलीले ठेकी कुँदेको स्थलमा पुग्दा जो कोहीलाई पनि हेरिरहुँजस्तो लाग्छ । काठको मुढालाई पहिले सामान्यरू...
error: Content is protected !!