मोरङ, २० माघ । नोबेल शिक्षण अस्पताल सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मा दम्पतीलाई मोरङको पथरीशनिश्चरेमा भव्य नागरिक अभिनन्दन गरिएको छ । पथरीशनिश्चरे–९ पुलचौकमा डा.शर्मा र उनकी धर्मपत्नी एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्मालाई सम्मानसहित अभिनन्दन गरिएको हो ।
डा.शर्माले सो क्षेत्रका बासिन्दाको सहजताका लागि करिव ११ लाखको लागतमा एम्बुलेन्स खरिद गरेर स्थानीय त्रिपुरेश्वर शिवपञ्चायन मन्दिर व्यवस्थापन समितिलाई प्रदान गरेका छन् । एम्बुलेन्स प्रदान गरिएपछि एम्बुलेन्स सेवा उद्घाटनसहित दातालाई नागरिक अभिनन्दन कार्यक्रम आयोजना गरी शर्मा दम्पतीलाई अभिनन्दित गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिको अगुवाईमा भएको अभिनन्दन कार्यक्रममा सो क्षेत्रका सयौं सर्वसाधरण सहभागि थिए । बालबालिकादेखि बृद्धबृद्धासम्मले उनीहरुलाई फूलमाला, अविर, दोसल्ला र खादा लगाएर अभिनन्दन गरेका हुन् । सोही क्रममा स्थानीयबासीको तर्फबाट जेष्ठ नागरिक शेरबहादुर राईले डा.शर्मालाई अभिनन्दनपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रमकमा डा.शर्माले रिवन काटेर एम्बुलेन्स सेवा पनि उद्घाटन गरेका थिए । यसैबीच कार्यक्रमलाई संवोधन गर्दै डा.शर्माले गाउँ–गाउँका बिरामीलाई सहजताका लागि एम्बुलेन्स प्रदान गर्दा आफुलाई खुशी लागेको प्रतिक्रिया दिंदै अब मोरङका २६ वटा वडामा एम्बुलेन्स दिने घोषणासमेत गरे ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र लिम्बुले समाजसेवाका क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका डा.शर्मालाई अभिनन्दन गर्न पाउँदा पथरीशनिश्चरेवासीलाई खुसी लागेको बताए । डा.शर्माले एम्बुलेन्स प्रदान गरेपछि गाउँ–गाउँका बिरामीलाई उपचारका लागि अस्पताल लैजान सहज भएको भन्दै स्थानीयबासी हर्षित छन् ।
भिडियो…
थप तस्वीरहरु…