भद्रपुर, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ ।

Advertisement

डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार हिजो स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् ।

आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् ।

प्रहरी नायब निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई संरक्षणका लागि अर्जुनधारा–१ स्थित हलुवागढ सामुदायिक वनलाई हस्तान्तरण गरिने बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!