संगालोखबर सम्वाददाता

धनकुटा, १८ माघ । धनकुटामा प्रेमीसँग मिलेर श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । गत कात्तिक १७ गते हिलेमा लागेको मिनी मेलामा इटहरी–१५ का ३५ वर्षीय रामबावु चौधरीको हत्या भएको थियो ।

Advertisement

घटना भएको तीन महिनापछि प्रहरीले हत्यामा संलग्न रामवावुकी श्रीमती २९ बर्षीया प्रिया चौधरी र धनकुटाको साँगुरीगढी–९ घर भई सुनसरीको बराहक्षेत्र–५ बस्दै आएका ३१ बर्षीय सविन राईलाई पक्राउ गरेपछि घटनाको रहस्य पत्ता लागेको हो । प्रिया र सविन प्रेम सम्बन्धमा रहेको प्रहरीको भनाई छ ।

प्रदेश प्रहरी कार्यालयको अनुसन्धान समुह र धनकुटाको प्रहरी टोलीले तीन महिनापछि उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ गरेका दुवैलाई शुक्रवार धनकुटामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।

श्रीमती प्रिया र सबिनको प्रेम सम्बन्धका कारण रामवावुको हत्या भएको रहस्य अनुसन्धानबाट खुलेको धनकुटाका प्रहरी प्रुमुख सुरेन्द्रबहादुर गुरुङले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानका बिषयमा बताउँदै उनले भने ‘प्रियासँग सम्पर्कमा रहेका सविनले धारिलो हतियार प्रहार गरी चौधरीको हत्या गरेको पत्ता लाग्यो ।’

मिनी मेलामा आएका चौधरीलाई धारिलो हतियारले घाँटी, छाती र हातका औला काटेर मेला स्थलमै हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनाको विषयमा गहन अध्ययन गरी तीन महिना पछि पनि हत्यारा पक्रन सफल भएको प्रहरीको दावी छ ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस्…

हिलेमा लागेको मेलामा एक व्यक्तिको हत्या

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!