धनकुटा, २३ माघ । धनकुटाको महालक्ष्मी नगरपालिका-७ का जीत बहादुर कार्कीको घरमा बुधवार आगलागी हुँदा अन्दाजी ३ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।
दिउँसो साढे १२ बजे कार्कीको घरमा खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ढुंगा माटोले बनेको १ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको हो ।
उक्त आगलागी प्रहरी र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।