
धनकुटा, १८ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले सरकार विरुद्ध धनकुटा बजारमा मसाल जुलुस प्रर्दशन गरेको छ ।
सरकारले जनविरोधी निर्णय गर्दै गएको, जवरजस्त अधिनायकवाद शैलीमा चिकित्सा शिक्षा विधेयक पास गरेको, हत्या वलात्कारमा संलग्नलाई कारवाही गर्न नसकेको भन्दै विरोध स्वरुप मसाल जुलुश प्रदर्शन गरिएको हो ।
सरकार विरुद्ध नारावाजी गर्दै निश्किएको जुलुश मदनचौकमा पुगेर समापन भयो ।
समापन अघि भएको कोणसभालाई संवोधन गर्दै नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बालानन्द दाहालले वर्तमान सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले राजिनामा दिनुपर्ने माग गरे ।















