संगालोखबर सम्वाददाता

धनकुटा, २० माघ । धनकुटालाई १ नम्बर प्रदेशको स्थायी राजधानी बनाउँन माग गर्दै आईतवार जुलुश प्रदर्शन गरिएको छ । प्रदेश १ को अस्थायी मुकाम विराटनगरमा प्रदेशसभाको हिउँदे अधिवेशन सुरु भएपछि धनकुटामा जुलुश निकालिएको हो ।

Advertisement

यो अधिवेशनले प्रदेशको नाम र स्थायी राजधानी टुंग्याउँने बताईएको छ । सोही कारण धनकुटाबासीले राजधानी माग गर्दै प्रदेश सांसदहरुलाई सचेत गराएका हुन् । सांसदहरुको ध्यानाकर्षण गराउँने उद्धेश्यले स्थानीय मदन चौकबाट सुरु भएको जुलुशले बजार परिक्रमा गरेको थियो । परिचय मोड, भीमनाराण चोक, माथिल्लो कोप्चे, तल्लो कोप्चे हुदै जुलुश पुनः मदन चोकमै पुगेर सभामा परिणत भएको थियो ।

धनकुटालाई प्रदेशको स्थायी राजधानी नतोकिएसम्म दवावमूलक आन्दोलन जारी राखिने कांग्रेस जिल्ला सचिव विजयसन्तोषी राईले चेतावनी दिए । आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले प्रदेशको राजधानीका लागि हरेक हिसावले उपयुक्त रहेकाले धनकुटालाई नै स्थायी राजधानी बनाईनुपर्ने अडान राखे ।

१४ वटै जिल्लाको केन्द्रमा पर्ने, पर्याप्त भौतिक पूर्वाधार, उपयुक्त हावापानी, मजवुत सुरक्षा व्यवस्था लगायत कारणले धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । प्रादेशिक राजधानी माग गर्दै धनकुटाबासीले यसअघि पनि पटक पटक आन्दोलन गर्दै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!