भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

भोजपुरमा दैनिक उपभोग्य वस्तुमा मनपरी भाउ

भोजपुर, ३ फागुन । भोजपुरमा दैनिक उपभोग्य सामानमा व्यापारी आफूखुशी मूल्यले स्थानीयवासी मारमा परेका छन् । सडकको कारण देखाउँदै व्यापारीले दैनिक उपभोग्य सामानमा आफूखुशी भाउ तोक्दा स्थानीयवासी मारमा परेका हुन् । नेपाल आयल निगमले तोकेको मूल्यअनुसार खाना पकाउने ग्यास प्रतिसिलिण्डर रु एक हजार ३८० भए पनि जिल्लामा रु एक हजार ८०० सम्म तिर्नुपर्ने बाध्यता छ । उपभोक्ताको गुनासो बढ्न थालेपछि उद्योग वाणिज्...
प्रदेश नं १ सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ

प्रदेश नं १ सरकारले सन्तोषजनक काम गरेको छ : प्रदेश प्रमुख प्रा तुम्वाहाङ

विराटनगर, ३ फागुन । प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले एक वर्षको अवधिमा प्रदेशमा भएका कामको सराहना गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज यहाँ आयोजित प्रदेश सरकारको एकवर्षे उपलब्धि सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेसम्म भएका कामप्रति जनता उत्साहित छन् भन्नुभयो । उहाँले जनताका चाहना र आवश्यकतामा केन्द्रित भएर काम गरेमा प्रदेशलाई समृ...
ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

ताप्लेजुङमा ४.६ रिक्टरको भूकम्प

काठमाडौँ,  ३ फागुन । ताप्लेजुङको कन्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर हिजो ४.६ रिक्टर स्केलको भूकम्प गएको छ । साँझ ५ बजेर ११ मिनेटको समयमा कञ्चनजङ्घा र भारतको सिक्किम सिमानामा भूकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार यो परकम्प नभई भूकम्प हो । गोरखा भूकम्पछि निरन्तर परकम्प गइरहेका छन् । सानातिना भूकम्प पनि आइरहेका छन् । प...
प्रदेश नं १ सरकारका एक वर्ष

प्रदेश नं १ सरकारका एक वर्ष

विराटनगर, २ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार स्थापना भएको छोटो अवधिमै प्रदेश सरकारप्रति जनताका आशा, विश्वास र भरोस गर्ने अवस्था सिर्जना भएको बताउनुभएको छ । प्रदेश सरकारको एक वर्ष अवधि पूरा भएको अवसरमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विकास र सुशासनमा जनताले आशा र भरोसा गर्ने निकायका रुपमा प्रदेशलाई स्थापित गर्न एक हदसम्म सफल भएका छौँ भन्नुभयो । एक वर्षको अवधिमा प्रद...
खोटाङमा दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

खोटाङमा दुर्घटना न्यूनीकरण गर्न घुम्तीमा सडक ऐना

खोटाङ, २ फागुन । सडक दुर्घटना न्यूनीकरण गर्न मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हलेसी–जयराम सडकखण्डका विभिन्न घुम्तीमा सडक ऐना राखिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित त्रिधार्मिकस्थल हलेसी ओहोरदोहोर गर्ने क्रममा प्रयोग हुने एक मात्र जयराम–हलेसी सडकका विभिन्न १५ घुम्तीमा ‘स्ट्याण्ड’सहितको ठूलो सडक ऐना राखिएको हो । दैनिक हलेसी आवतजावत गर्ने अन्तरिक तथा बाह्य पर्यटक एवं दर्शनार्थी स...
भोजपुरमा चार विद्यार्थी सङ्गठनद्वारा संयुक्त ज्ञापनपत्र

भोजपुरमा चार विद्यार्थी सङ्गठनद्वारा संयुक्त ज्ञापनपत्र

भोजपुर, १ फागुन । भोजपुरमा क्रियाशील चार विद्यार्थी सङ्गठनले समसामयिक विषयलाई समेटेर प्रजिअ हिरादेवी पौडेलले ज्ञापनपत्र बुझाएका छन् । विद्यार्थी सङ्गठनहरुले आठबुँदे मागसहित ज्ञापनपत्रमा बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्रमार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई विद्यालय शिक्षा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग गरेका छन् । त्यस्तै जिल्लामा खाना पकाउने ग्यासको मूल्यवृद्धि ...
भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल निर्माणलाई निरन्तरता दिन दबाब

भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल निर्माणलाई निरन्तरता दिन दबाब

भोजपुर, १ फागुन ।  भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवाघाटको पुल अलपत्र बनेपछि स्थानीवासी प्रभावित बनेका छन् । प्रदेश सरकारलाई दबाब दिने निर्णय गरिएको छ । स्थानीयवासीले पुल निर्माण कार्यलाई चाँडो गर्न षडानन्द नगरपालिका घेराउ गरेपछि गाउँपालिका र स्थानीयवासीबीच प्रदेश सरकारलाई दबाब दिने निर्णय भएको हो । सोमबार बसेको कार्यपालिकाको बैठकले कार्यपालिकाका सम्पूर्ण पदाधिकारी नै प्रदेश कार्यालयले पुगेर सड...
भोजपुरमा वन अतिक्रमणमा वृद्धि

भोजपुरमा वन अतिक्रमणमा वृद्धि

भोजपुर, १ फागुन ।  भोजपुरमा वन अतिक्रमण गर्ने कार्यमा वृद्धि भएको छ । जिल्लाभर हालसम्म ६८ दशमलव ६८ हेक्टर वन अतिक्रमण भएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ । इलाका वन कार्यालय बोयाअन्तर्गत सबैभन्दा बढी ३७ दशमलव पाँच, वालङ्खाअन्तर्गत ७ दशमलव ३५, याकुमा ९ दशमलव १ हेक्टर र अन्य विभिन्न स्थान गरी कूल ६८ दशमलव ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको सो कार्यालयले जनाएको छ । यसरी अतिक्रमित वन सरका...
इलामको देउमाई नगरपालिका काठका पोल हटाउँदै

इलामको देउमाई नगरपालिका काठका पोल हटाउँदै

पशुपतिगनर, १ फागुन । देउमाइ नगरपालिकाभित्र रहेका काठका पोल हटाउन स्थानीय सरकारले काम शुरु गरेको छ । विद्युत् विस्तार गर्दा गाडिएका काठका पोल मक्किएर विद्युत् प्रसारणलाइन धरापका रुपमा रहेको र त्यसको बदलामा स्टिल पोल लगाउने काम शुरु भएको हो । काठका पोल हटाउने अभियानसँगै नेपाल विद्युत् प्राधिकरण इलाम शाखाको समन्वयमा १५ देखि २५ एम्पियरका साना ट्रान्सफर्मर हटाएर बढी क्षमताको राख्ने काम शुरु भएको देउ...
इलामको सन्दकपुर गाउँपालिकामा हाब्रे प्रजनन केन्द्र स्थापना

इलामको सन्दकपुर गाउँपालिकामा हाब्रे प्रजनन केन्द्र स्थापना

पशुपतिगनर, १ फागुन । दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) को प्रजनन केन्द्र इलामको सन्दकपुर गाउँपालिकामा स्थापना भएको छ । जिल्लाको सन्दकपुर गाउँपालिका १, २ र ३ (माईपोखरी–सुलुबुङ र माइमझुवा) को सङ्गमस्थल टप्पुमा प्रजनन केन्द्रको स्थापना गरिएको हो । कुकुर र जङ्गली जनावरका सिकारको जोखिममा परेपछि गाउँपालिकाले रेडपान्डाको उत्पादन वृद्धि गराउने गरी प्रजनन केन्द्र स्थापना गरेको हो । विगतमा चोरी तस्कर...
फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका

फोहर प्लाष्टिक किन्दै इलाम नगरपालिका

फिक्कल, २९ माघ । इलाम नगरपालिकाले प्रयोग भइसकेका फोहर प्लाष्टिक खरीद गर्न थालेको छ । वातावरण स्वच्छता कायम गर्नका लागि प्लाष्टिकजन्य फोहर खरीद गर्न थालेको नगरपालिकाले जनाएको छ । गत माघ १ गतेबाट प्रतिकिलो रु १५ का दरले प्लाष्टिकजन्य फोहर खरीद गर्ने व्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयो । प्लाष्टिक खरीद गर्न माघ एक गतेबाट शुरु गरिएको भए पनि अहिलेसम्म प्लाष्टिकजन्य फोहर ...
उदयपुरमा हायु युवकयुवतीले विवाह गर्ने जोडी नपाउँदा समस्या

उदयपुरमा हायु युवकयुवतीले विवाह गर्ने जोडी नपाउँदा समस्या

गाईघाट, २९ माघ । नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि आफ्ना परम्परागत जातिगत विवाहमा समस्या देखिन थालेको छ । कटारी नगरपालिका–१० सिरवानीमा बसोबास गर्ने पाँचघर हायु र त्रियुगा नगरपालिका–१६ सुकौरामा बसोबास गर्ने दुई घरमात्र हायु रहेको उदयपुरमा अहिले हुर्केका छो...
धनकुटा ईन्स्टिच्यूटको बार्षिकोत्सव : बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जन बढीलाई सम्मान

धनकुटा ईन्स्टिच्यूटको बार्षिकोत्सव : बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जन बढीलाई सम्मान

धनकुटा, २९ माघ ।  धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साइन्सले बिभिन्न क्षेत्रमा योगदान पुर्याउँने व्यक्तिहरुलाई २० औं बार्षिकोत्सवको अवसर पारेर सम्मान गरेको छ । भाषा साहित्यमा योगदान पुर्याएको भन्दै गर्गाचार्य पुस्तकालयका संस्थापक अध्यक्ष टिकाप्रसाद लामिछाने, २०७४ सालको एसइइ परीक्षामा सर्वोकृष्ठ अंक ल्याउने विद्यालय तर्फ त्रिवेणी माविका प्रधानाध्यापक ईश्वरीप्रसाद अघिकारी र मुलुककै सुन्दर सहर बनाउन सह...
सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

सुनसरीमा छुरा प्रहार गरी महिलाको हत्या

इनरुवा, २९ माघ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । राई विवाहित हुन् । उनका श्रीमान् विदेशमा छन् । हत्याबारे अनुसन्धा...
अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

अर्थतन्त्रको मुख्य आधार नै कृषि : मुख्यमन्त्री राई

उर्लाबारी, २८ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको अर्थतन्त्रको मुख्य आधार नै कृषि रहेको बताउनुभएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित उचित जैविक मल उद्योग प्रालिको प्रदेश स्तरीय शाखाको उद्घाटन गर्दै आज उहाँले कृषिलाई आधुनिक र व्यावसायिक ढङ्गबाट सञ्चालन गर्नका लागि प्रदेश सरकारको बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले कृषिलाई उद्योगका रुपमा विकाश ग...
इलामको सन्दकपुर पदमार्गमा सवारी ठप्प

इलामको सन्दकपुर पदमार्गमा सवारी ठप्प

पशुपतिनगर, २८ माघ । प्रदेश नं १ को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो । वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन ...
चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

भोजपुर, २८ माघ । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेम...
भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर, २८ माघ । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्नुभएको हो । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशा...
बेतनामा नेपाल शिक्षक संघको अन्तरक्रिया र प्रशिक्षण (भिडियोसहित)

बेतनामा नेपाल शिक्षक संघको अन्तरक्रिया र प्रशिक्षण (भिडियोसहित)

मोरङ, २७ माघ । मोरङको बेलबारी स्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेस समर्थक शिक्षक र कांग्रेसका नेताहरुबीच अन्तर...
विराटनगरमा टिपरको ठक्करबाट एककोे मृत्यु

विराटनगरमा टिपरको ठक्करबाट एककोे मृत्यु

उर्लाबारी, २७ माघ ।  विराटनगर महानगरपालिका–२ बरगाछीमा आज बिहान टिपरको ठक्करबाट एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ । पूर्वबाट आएर दक्षिणतर्फ मोडन खोजेको को १ ख ७०९२ नं को टिपरको ठक्करबाट पहिचान हुन नसकेका करिव ५० वर्षका साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । बरगाछी चोकमा टिपरको पछाडिको चक्काले उनलाई ठक्कर दिएक...
झापामा चैते धान विस्तार गरिने

झापामा चैते धान विस्तार गरिने

बनियानी, २६ माघ । झापामा यसवर्ष एक हजार छ सय हेक्टरमा चैते धानखेती विस्तार गरिने भएको छ । ‘चैते धान विशेष सहयोग कार्यक्रम’ अन्तर्गत झापाका आठ स्थानीय तहको एक हजार ६०० हेक्टरमा चैते धानखेती विस्तार गर्न लागिएको कृषि ज्ञान केन्द्र झापा निमित्त कार्यालय प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत चैते धानको क्षेत्र विस्तार र उत्पादकत्व वृद्धि गर्नका लागि कृषकलाई रु एक करोड ६० ला...
नोबेलले अप्रेशन गरेर निको पार्यो १८ बर्षदेखिको छारे रोग : हर्षले भक्कानिइन आमा (भिडियोसहित)

नोबेलले अप्रेशन गरेर निको पार्यो १८ बर्षदेखिको छारे रोग : हर्षले भक्कानिइन आमा (भिडियोसहित)

बिराटनगर, २५ माघ । १८ बर्ष अघि देखि छारे रोगबाट पीडित छोराको अप्रेशन सफल भएर निको भएपछि नवलपरासीकी वासना चापागाँईका आँखामा हर्षका आँसु छचल्किए । ७ बर्षकै उमेरदेखि छारे रोगका कारण बारम्बार पीडा झेल्दै आएका २५ बर्षीय विशाल चापागाँईलाई बिराटनगरको नोबेल शिक्षण अस्पतालले अप्रेशन गरेर निको पारेको हो । सामान्यतया छारे रोगीहरुले लामो समयदेखि नियमित औषधि सेवन गर्दै आएका हुन्छन् । तर, अहिले अप्रेशनको माध...
सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

सुकुम्वासी समस्या समाधान गरिने : मुख्यमन्त्री राई

विराटनगर, २५ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्या समाधान गरिने बताउनुभएको छ । मोरङको कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको आज स्वर्ण महोत्सवको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास र समृद्धिको यात्रामा देशमा धेरैभन्दा धेरै दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा जीवनोपयोगी र सीपमूलक शिक्षा...
संखुवासभाको विद्युत् गृहमा बम विस्फोट

संखुवासभाको विद्युत् गृहमा बम विस्फोट

खाँदबारी, २५ माघ । संखुवासभामा निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहमा अज्ञात समूहले बम विस्फोटन गराएको छ । बिहिबार राति चिचिला गाउँपालिका–३ पुखुवामा रहेको विद्युत् गृह स्थलमा तीन वटा बम विस्फोट गराइएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक...
भोजपुरमा नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुरमा नक्कली नोटसहित तीनजना पक्राउ

भोजपुर, २५ माघ । जिल्ला प्रहरी कार्यालय भोजपुरले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले भोजपुर डबली मेला भर्न आएका उनीहरूबाट चार हजार नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको विषयमा थप अनुसन्धान भइरहेको प्रमुख थेवेले बताउनुभयो । अन्यको पनि संलग्नता हुने आशङ्कामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । डबली ...
ठेकेदार भागेपछि  भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र

ठेकेदार भागेपछि भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण अलपत्र

सङ्खुवासभा, २५ माघ । भोजपुर र सङ्खुवासभा जोड्ने लम्सुवा घाटको पुल निर्माण कार्य अलपत्र परेको छ । काम छाडेर ठेकेदार भागेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । पुल निर्माण कार्यको ठेक्का २०६७ सालमा स्वच्छन्द निर्माण कम्पनीले पाएको थियो । विभिन्न कारण देखाउँदै ठेकेदार भागेपछि पाँच वर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको छ । विसं २०७२ मा निर्माण सम्पन्न हुनुपर्ने १६७ मिटर लामो यो पुलमा ६ वटा पिलर...
सुनसरीमा सरस्वती मूर्तिको कारोवारमा वृद्धि

सुनसरीमा सरस्वती मूर्तिको कारोवारमा वृद्धि

इनरुवा, २५ माघ । सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेको बेला सुनसरीमा मूर्ति कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । यहाँका कलाकारलाई सरस्वती मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ भने मूर्ति किन्नेको भीड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताउनुभयो । यहाँका विद्यार्थी र शिक्षकले पूजा सरस्वती पूजा गर्ने भएकाले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र ...
तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुममा विपन्नलाई जस्तापाता वितरण

तेह्रथुम, २५ माघ । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो । वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प...
इलाममा प्रदुषण कर हट्यो, घरबहाल कर बढ्यो

इलाममा प्रदुषण कर हट्यो, घरबहाल कर बढ्यो

फिक्कल, २५ माघ । जिल्लावासीको चर्को विरोधपछि इलाम नगरपालिकाले लिँदै आएको अतिरिक्त प्रदुषण कर हटाउने भएको छ । इलाम नगरपालिकाभित्रका पम्पबाट पेट्रोलियम पदार्थमा लिइँदै आइएको अतिरिक्त कर नगरकार्यपालिकाको बैठकले हटाउने निर्णय गरेको हो । सङ्घीय सरकारले यसअघि नै यो कर हटाउन पत्र पठाए पनि इलाम नगरपालिकाले वास्ता गरेको थिएन । सङ्घीय अर्थ मन्त्रालयमार्फत नै यो कर उठाउन आदेश आएपछि आफूहरुले यो कर उठाउन था...
उदयपुरमा बालन नाच लोप हुँदै

उदयपुरमा बालन नाच लोप हुँदै

गाईघाट, २५ माघ । उदयपुर जिल्लाको मध्य तथा पश्चिमी पहाडी क्षेत्रमा ठूलो सङ्ख्यामा बसोबास गर्दै आएका ब्राह्मण तथा क्षेत्रीले विभिन्न चाडपर्व, धार्मिक कार्य, विवाह, ब्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच हिजोआज बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरुको बालन नाच लोप हुन थालेकामा जिल्लाका पहाडी क्षेत्रका बूढापाका भने निकै चिन्तित बन्न थालेका छन् ...
झापामा माछा खोज्दा अजिङ्गर फेला

झापामा माछा खोज्दा अजिङ्गर फेला

भद्रपुर, २५ माघ । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार हिजो स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला पारेका हुन् । आठ किलो तौल र ६ फिट लम्बाइ भएको सो अजिङ्गरलाई स्थानीयवासीले शनिश्चरे प्रहरी चौकीमा बुझाएका छन् । प्रहरी नायब निरीक्षक राजन खड्काले वन कार्यालयको निर्देशनमा अजिङ्गरलाई सं...
error: Content is protected !!