घोपामा महिलाको डिम्बासयबाट निकालियो १८.६ किलोको ट्युमर
विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा एक महिलाको डिम्बासयबाट १८.६ किलो वजन तथा ५० सेन्टिमिटरको ट्युमर निकालिएको छ । मोरङकी ३९ वर्षीया महिलाको सफल शल्यक्रिया मार्फत गत असोज २२ गते ट्युमर निकालिएको हो ।
प्रतिष्ठानका गाइनोकोलोजी एण्ड अब्स्टेट्रिक्स विभागका एसोसिएट प्रोफेसर तथा गाइनो अन्कोलोजी सर्जन डा. रमेश श्रेष्ठको नेतृत्वमा शल्यक्रिया भएको थियो । सामान्...