स्कुल बसले किचेर शिक्षिकाको मृत्यु
वीरगञ्ज, ४ बैशाख । वीरगञ्जमा स्कुल बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट वीरगञ्ज महानगरपालिका-१९ नगवा मिथिला नगरकी गुञ्जन चौरसियाको मुत्यु भएको हो ।
अलौं माविमा अध्यापन गराऊँदै आएकी उनी सवार मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टिएपछि बसले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्म...































