लोकल कुखुरामा भेटियो बर्डफ्लू
नवलपरासी । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ मा कुखुरा फार्ममा बर्डफ्लू भेटिएको छ । मध्यबिन्दु नगरपालिका २ नन्दपुरका पिताम्बर महतोले पालेका कुखुरामा बर्डफूल भेटिएको नगरपालिका पशु सेवा शाखा प्रमुख डा.श्याम कृष्ण तिवारीले बताए ।
महतोले पालेका कुखुरा धमाधम मर्न थालेपछि चितवनको राष्ट्रिय पन्छी प्रयोगशालामा गरिएको परीक्षणमा बर्डफ्लु पुष्टि भएको हो । महतोको घरमा रहेका अन्य सबै कुखुरा नष्ट गरिए...































