काठमाडौं । मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ । साथै उसले आन्दोलन घोषणा गरेको छ ।

Advertisement

सप्तरीको राजविराजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर तीन जनाको मृत्यु भएलगतै मधेसी मोर्चाको आकस्मिक बैठक बसेको थियो ।

साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको आकमिस्क बैठकले घटनामा एमाले नै जिम्मेवार भएको ठहर गरेको छ ।

मधेसी मोर्चाले भनेको छ, एमाले केही शीर्ष नेताहरुको मधेस र मधेसीविरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गनेृ खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुने भन्ने ठहर छ ।’
बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ र, भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने नेताहरुले बताएका छन् ।
मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भत्र्सना गरेको छ । र, दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

अनलाईनखबरका अनुसार सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेस बन्द गर्ने निर्णय पनि मधेशी मोर्चाले गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!