चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ९९ के.जी अवैध लागु औषध चरेससहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण विशेष अभियान अन्तर्गत प्रहरीले जेएच ०४ वि ०४४५ भारतीय नम्बरप्लेटकोे टाटा सुमोे सहित १९८ थान पोका अन्दाजी ९९ के.जी लागु औषध चरेस र २ भारतिय नागरिक पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाले बताए ।

Advertisement

प्रहरीका अनुसार भारत कठियामठिया ७ वस्ने वर्ष ३७ का गाडी चालक सुधन साह र भारत रक्सौल कोईरिया टोल ६ वस्ने वर्ष २५ को गाडीमा सवार आदित्य साहलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक जयनारायण यादवको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान ५ ः १७ बजे कविलास १ जुगेडीबाट उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले टाटा सुमोगाडीमा फल्स बटन बनाई लुकाई छिपाई चरेस बोकेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!