काठमाडौं । स्थानीय तहको निर्वाचन मिति घोषणासँगै राजनीतिक दलहरूका चुनावकेन्द्रित गतिविधि प्रतिस्पर्धात्मक दिशातिर अग्रसर हुन थालेका छन् ।  वैशाख ३१ को स्थानीय तह निर्वाचन हुन अब ७० दिनमात्र बाँकी छ ।  निर्वाचन आयोगले चुनावको कार्यतालिका कार्यान्वयनमा ल्याएको छ ।  राजनीतिक दलहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनाव लक्षित मेची–महाकाली अभियान सञ्चालन गरिरहेको छ ।  चौथो शक्ति राप्रपाले एक महिने विशेष अभियान शुरू गर्ने निर्णय गरेको छ ।  काँग्रेस, माओवादी केन्द्रलगायत दलहरूले औपचारिक कार्यक्रम तय नगरे पनि स्थानीय स्तरमा चुनाव तयारीको सर्कुलर गरिसकेका छन् ।  सङ्गठन विस्तार र राजनीतिक प्रशिक्षण जारी राखेका छन् ।

Advertisement

राजनीतिक दलहरूले सङ्गठनात्मक संरचना सुधार, सङ्गठन विस्तारदेखि स्थानीय तहका उम्मेदवार छनोटको बहस चलाइरहेका छन् ।  सामान्य अवस्थामा चार महिनाको समय चुनावको तयारीका लागि निर्वाचन आयोग र दलहरूले पाउँदै आए पनि यसपटक ८३ दिनको अवधिमा निर्वाचन सम्पन्न गर्न सरकार, निर्वाचन आयोग र दलहरू होमिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

चुनाव तयारीका सिलसिलामा नेपाली काँग्रेसले गत कात्तिकमा केन्द्रीय समितिको निर्णयअनुसारको प्रशिक्षण कार्यक्रमलाई जारी राखेको छ ।  स्थानीय तहको चुनाव घोषणापछि सम्भावित उम्मेदवारहरूको रिपोर्टिङ पनि सङ्कलन भइरहेको छ ।

केन्द्रीय सदस्य धनराज गुरुङले केन्द्रको निर्देशनअनुसार जिल्लाले नगर र गाउँस्तरमा प्रशिक्षण र सङ्गठन विस्तारलाई निरन्तर जारी राखेको बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!